Cin News
प्रयोगविही हुलाक, कामविहीन कर्मचारी
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:03:30
- Mas informaciones
Informações:
Sinopsis
बैतडीको पाटन नगरपालिकाका भवानी दत्त अवस्थीले जीवनको आधा समय चिठी आदनप्रदान गरेरै आफन्तसँगको सूचना लिनेदिने गर्नुभयो । रोजागारीका लागि भारत रहेका आफ्ना आफन्तलाई कैयौँ पटक पत्र लेख्नुभयो भने भारतबाट नेपालमा रहेका परिवारलाई पनि चिठी पठाउनुभयो । ‘एउटा चिठी भारत पुग्न एकडेढ महिना लाग्थ्यो । जवाफ आउन पनि उति नै समय लाग्थ्यो । भवानीदत्तले उतिबेलाको अनुभव सुनाउँदै भन्नुभयो, ‘अब त सबैको हातमा मोबाइल छ । तत्कालै दोहोरो कुराकानी हुन्छ । त्यही भएर पनि हुलाक नगएको धेरै वर्ष भयो ।’ कुनै समयको सूचना आदानप्रदान र सञ्चारको निर्विकल्प माध्यम हुलाक, हिजोआज भने कामविहीन भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का श्रीराज महतको हुलाक अनुभव आज पनि ताजै छ । ‘चिठी लेख्यो, हुलाकमा लग्यो । जवाफको पर्खाइमा महिनौ कुर्नुपर्ने अवस्था थियो ।’ महत भन्नुहुन्छ, ‘अब त हुलाकको आवश्यकता पनि देख्दिन । मोबाईल फोनसहित इमेल, इन्टरनेट लगायत प्रविधिको विकास नहुँदा कुनै समयको अति आवश्यक मानिएको हुलाक सेवा पछिल्लो केही दशकयता उपयोगविहीन जस्तै छ ।’ हिजोआज हुलाकमार्फत चिठी पठाउनेहरू घटेका कारण हुलाकमा खटिने कर्मचारीको काम छैन, तर काम कम नभ