Cin News
नेपालमै एन्टिस्नेक भेनम उत्पादन गर्ने घोषणा कति पूरा भयो ?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:04:06
- Mas informaciones
Informações:
Sinopsis
सर्लाहीको लालबन्दी नगरपालिका १० मा २ वर्षअघि एकजना बालकको सर्पले टोकेपछि मृत्यु भयो । मृत्युको कारण थियो, समयमै सर्पदंश उपचार केन्द्रसम्म पुर्याउन नसक्नु । लालबन्दी १० का चेतबहादुर मगर, त्यसको साक्षी हुनुहुन्छ । उहाँका अनुसार ती बालकलाई सर्पले टोकेको मात्रै थाहा थियो । तर, कुन सर्पले टोक्यो भन्ने खुलेको थिएन । सर्पदंश उपचार केन्द्रसम्म लिएर जाने वा अस्पताल पुर्याइहाल्नुपर्छ भन्ने पनि थाहा नहुँदा ती बालकको मृत्यु भयो । रौतहटका महादेवी पासवानका श्रीमानको गत वर्षको साउनमा मृत्यु हुनुको कारण पनि सर्पको टोकाइ नै थियो । साहुको घरमा काम गर्न गएका बेला महादेवीका श्रीमानलाई सर्पले टोकेको थियो । ‘सर्पले टोकिसकेपछि झारफुक गरायौँ । पछि अस्पताल लग्यौँ । त्यहाँबाट अर्को अस्पताल पठायो । अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भयो । अनि शव फर्काएर अन्त्येष्ठि गरियो ।’ ती दिन सम्झँदै महादेवी भावुक हुनुभयो । सर्लाही र रौतहटमा मात्रै होइन, गर्मी मौसम सुरु भएसँगै तराईँका जिल्लामा सर्पको जोखिम धेरै हुन्छ । यसबाट बच्नका लागि सावधानी अपनाउनुपर्छ । यदि सर्पले टोकेका व्यक्तिलाई समयमै एन्टिस्नेक भेनम दिइएन भने मृत्यु हुने गरेको छ । विश्व